पाकिस्तान : इमरान खानको घरबाट पछि हटे प्रहरी
पाकिस्तानी सुरक्षा बल पूर्व प्रधानमन्त्री इमरान खानको घरबाट पछि हटेका छन् । यसका साथै प्रहरी र खानका समर्थकबीच लगातार भइरहेको झडपमा पनि विराम लागेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार लाहौरमा खानको घर वरिपरिबाट प्रहरी बल पछि हटिरहेको देखिएका छन् । यसअघि सुरक्षा बलले समर्थकमाथि अश्रु ग्यास र पानीको फोहोराको प्रयोग गरेर प्रदर्शनमाथि नियन्त्रण पाउने कोसिस गरे ।
यसअघि प्रहरीले इमरान खानका समर्थकलाई घरबाट हटाएका थिए । समाचार एजेन्सी रोयटर्सले जियो न्युजलाई उद्धृत गर्दै लाहौरमा हुने पिएसएलको खेललाई मध्यनजर गर्दै यसलाई हालका लागि रोकिएको र खेलपछि कारबाही पुनः सुरु हुनसक्ने पनि जानकारी दिएका छन् ।
यस्तै, इमरान खानले एक ट्विट गर्दै आफूले एक ‘स्योरिटी बन्ड’ मा हस्ताक्षर गरेको र तहरिक–ए– इन्साफ पार्टीका वरिष्ठ नेता फवाद खानसँग १८ मार्चमा अदालतमा पेस हुने जानकारी दिएका छन् ।
पार्टीको ट्विटर ह्यान्डलबाट सेयर गरिएको भिडियोमा इमरान खान मास्क लगाएर केही कार्यकर्तासँग कुरा गरिरहेको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण