पाकिस्तान : इमरान खानको घरबाट पछि हटे प्रहरी

पाकिस्तानी सुरक्षा बल पूर्व प्रधानमन्त्री इमरान खानको घरबाट पछि हटेका छन् । यसका साथै प्रहरी र खानका समर्थकबीच लगातार भइरहेको झडपमा पनि विराम लागेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार लाहौरमा खानको घर वरिपरिबाट प्रहरी बल पछि हटिरहेको देखिएका छन् । यसअघि सुरक्षा बलले समर्थकमाथि अश्रु ग्यास र पानीको फोहोराको प्रयोग गरेर प्रदर्शनमाथि नियन्त्रण पाउने कोसिस गरे ।
यसअघि प्रहरीले इमरान खानका समर्थकलाई घरबाट हटाएका थिए । समाचार एजेन्सी रोयटर्सले जियो न्युजलाई उद्धृत गर्दै लाहौरमा हुने पिएसएलको खेललाई मध्यनजर गर्दै यसलाई हालका लागि रोकिएको र खेलपछि कारबाही पुनः सुरु हुनसक्ने पनि जानकारी दिएका छन् ।
यस्तै, इमरान खानले एक ट्विट गर्दै आफूले एक ‘स्योरिटी बन्ड’ मा हस्ताक्षर गरेको र तहरिक–ए– इन्साफ पार्टीका वरिष्ठ नेता फवाद खानसँग १८ मार्चमा अदालतमा पेस हुने जानकारी दिएका छन् ।
पार्टीको ट्विटर ह्यान्डलबाट सेयर गरिएको भिडियोमा इमरान खान मास्क लगाएर केही कार्यकर्तासँग कुरा गरिरहेको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन