एमाले निकट अनेरास्ववियुमा विद्यार्थीका एजेण्डा छैनन्ः अध्यक्ष पराजुली
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम गर्दै अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको बताए ।
उनले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको नाम र चिन्ह देखाएर स्ववियु निर्वाचनमा भोट मागेकोप्रति आपत्ति जनाए । उनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्ने भन्दै स्ववियु निर्वाचनलाई पार्टीको निर्वाचन नबनाउन आग्रह गरे । उनले नेकपा एमालेको विद्यार्थी संगठनमा विद्यार्थीको एजेण्डा नै सकिएको आरोप लगाए ।
उनले भने, ‘आज स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर कुनै पार्टीको अमुक नाम लेखेर स्ववियुको निर्वाचनमा साथीहरु लडिरहनुभएको छ । यो समुदायको अधिकार संरक्षण गर्ने हुनुपर्दथ्यो । कुनै पार्टीको निर्वाचन चिन्ह लिएर साथीहरु आउनुभएको छ । यो विश्वविद्यालयलाई पार्टीको राजनीतिबाट मुक्त गरौँ । विद्यार्थीको निर्वाचनलाई पार्टीसँग किन जोड्नुभएको छ । स्ववियु निर्वाचनलाई पार्टीकरण नगर्न आग्रह गर्छु । पार्टीको निर्वाचन नबनाऔँ, विद्यार्थीको नेतृत्व हाँक्न सक्ने स्ववियु निर्वाचन बनाऔँ । साथीहरु नेकपा एमालेका ट्याग लिएर आउनुभएको छ । विद्यार्थीको मुद्दा सकियो, त्यसपछि पार्टीको नाममा भोट माग्ने प्रयास भइरहेको छ ।’
पराजुली नेतृत्वको अनेरास्ववियूले स्ववियु निर्वाचन २०७९ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण