बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नक्कली सवारी चालक अनुमति पत्र बनाउने व्यक्ति पक्राउ

बुधबार, ०१ चैत २०७९, १७ : १५
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साका पारस साह तुराहलाई पक्राउ गरेको हो ।   

तुराहमाथि शंका लागि शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली लाइसेन्स फेला परेको हो । काठमाडौँबाट पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप