नेपालको पहिलो प्रधानन्यायाधीश जुद्धशमशेरका छोरा : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेर राणाका माहिला छोरा भएको बताएका छन् । बिहीबार कानुनका विद्यार्थीसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कतिपयले हरिप्रसाद प्रधान पहिलो प्रधानन्यायाधीश भन्ने गरे पनि त्यो गलत रहेको बताए ।
‘नेपालको पहिलो प्रधानन्यायाधीशका लागि मोहन शमशेर र जुद्ध शमशेरका माइला छोराबीच चुनाव भयो । त्यो चुनावमा पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका छोरा प्रधानन्यायाधीश चुनिए’ ओलीको भनाइ छ । २००७ सालको क्रान्तिसम्म आइपुग्दा १३ वटा अपिल कोट र ५७ वटा जिल्ला अदालत स्थापना भएको बताए ।
उनले दार्जिलिङमा वकालती पेस गरेर बसेका भारतीय नागरिक हरिप्रसाद प्रधानलाई नेपाल ल्याएर संविधान संशोधन गरेर उनलाई नै प्रधानन्यायाधीशमा नियुक्त गरेको बताए । उनले २००७ साल पछि विदेशीलाई प्रधानन्यायाधीश बनाउने काम गरिएको भन्दै त्यो काम वीपी कोइरालासँग घनिष्ठता भएकाले गैर नेपालीलाई प्रधानन्यायाधीश बनाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण