संस्कृति बन्दै योगाभ्यास
दोलखा । पछिल्लो समय दोलखामा योग संस्कृतिको विकास हुँदै गएको छ। शरीरलाई ताजा, स्फूर्ति र स्वस्थ राख्न योग गर्ने जमात बढ्दै गएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखामा प्रभातकालीन समयमा योग कक्षा सञ्चालन भइरहेको छ। स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रम अन्तर्गत केन्द्रले योगलाई संस्कृतिको रुपमा विकास र विस्तार गर्ने ध्येय राखेको छ ।
केन्द्रको योग हलमा प्रत्येक बिहान सञ्चालन हुने योगाभ्यासमा केटाकेटी देखि वयोवृद्धले दुई घण्टा समाहित हुने गरेका केन्द्र प्रमुख डाक्टर मनोज चौधरीले बताए । स्वस्थ जीवन चाहनेले सन्तुलित खानपान सँगै योग, व्यायाम र ध्यानमा जोड दिन्छ ।
योगमा जोड दिनेहरुले केन्द्रको हलमा योग गुरुसँगै योगाभ्यास गर्ने मौका पाइरहेका छन्। योगले बालबालिकादेखि वृद्ध वृद्धासम्मकालाई बरदान सावित भएको डाक्टर चौधरीको भनाइ छ।
योगले शरीरबाट नकारात्मक चिन्तन हटेर जाने भइ मन र कर्म सकारात्मकतातर्फ उन्मुख हुन्छ भन्ने विश्वास गरिन्छ। डाक्टर चौधरीले स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रम अन्तर्गत योग कक्षा सञ्चालन भइरहेको बताउँदै कक्षामा सहभागी भइ स्वस्थ जीवन यापन गर्न अनुरोध गरे । योगाभ्यासमा सहभागी हुनेहरुलाई स्वस्थ जीवन परामर्श समेत उपलब्ध गराइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण