मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा चैत्र ५ गते स्ववियु निर्वाचन हुने
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । बिहीबार सबै क्याम्पसमा निर्वाचन स्थगित गर्ने निर्णयसँगै विद्यार्थी संगठनहरुले चर्को विरोध गरेका थिए ।
शुक्रबार विश्वविद्यालयले पुनः सूचना जारी गर्दै चैत्र ५ गने स्ववियु निर्वाचन गर्ने जनाएको छ ।
विश्वविद्यालयका रजिस्टार नारायण पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ उच्च अदालतमा मुद्दा परी स्थगित गरिएको विश्वविद्यालय बाहेकका अन्य क्याम्पसमा क्याम्पस प्रमुखको प्रतिबद्धता बमोजिम र शैक्षिक क्यालेण्डरलाई समेत मध्यनजर गरेर चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन गर्न, गराउनहुन् सम्बन्धीत सम्पूर्णमा जानकारी एवं निर्देशन गर्ने निर्णय भएको छ ।’
यसअघि आज शुक्रबार निर्वाचन गर्ने कार्यतालिका रहेको थियो । उच्च अदालत सुर्खेतले निर्वाचन रोक्ने आदेश जारी गरेसँगै बिहीबार विश्वविद्यालय अन्तर्गतका अन्य आंगिक क्याम्पसको निर्वाचन पनि स्थगित गरिएको थियो ।
मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो । चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुन आदेशमा भनिएको छ ।
१० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेशमा पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण