सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् भवनमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच वार्ता

शुक्रबार, ०३ चैत २०७९, १५ : ३०
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । संसद् भवनमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच वार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको हो । 

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार उनीहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत विषयमा छलफल भएको बताइएको छ । 

उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्ष नेतासँग छलफल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप