बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ र चितवनमा २ जना मृत अवस्थामा फेला

शुक्रबार, ०३ चैत २०७९, १६ : १२
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । काठमाडौं र चितवनमा शुक्रबार २ जना मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनअुसार काठमाडौँको टोखा र  चितवनको रत्ननगरमा २ जना मृत फेला परेका हुन् । बुलेटिनका अनुसार टोखा नगरपालिका–९ घर भई चन्द्रागिरी नगरपालिका–१२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । 

त्यस्तै चितवनको रत्ननगर नगरपालिका–४ देवौली डेरा गरी बस्ने रौतहट चपुर नगरपालिका–६ घर भएका ६६ वर्षीय सौमन चौधरी पनि मृत फेला परेका छन् । चौधरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप