ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेको छन् ।
शुक्रबार लगानी बोर्डको कार्यालयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण, आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले बताए ।
उनले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिब ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्ययन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गरेको बताए । उनले लगानी बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्वयन ढाँचामा आबद्ध भइसकेको बताए । उनले ९०० मेगावाट क्षमताको अरुण ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावाटको अधएजलाशययुक्त अपर मर्स्याङ्दी र अन्य औद्योगिक पूर्वाधारहरू आयोजनाहरू पाइपलाइनमा रहेको बताए । उनले यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने बताए ।
उनले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताए । उनले अब लगानी बोर्डले मुलुकको आर्थिक र सामाजिक विकासमा गरी मुहार फेर्नसक्ने आयोजनाहरुको पहिचान,अध्ययन गरेर मात्रै अगाडि बढाउनुपर्ने बताए । उनले लगानी बोर्ड आगामी लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण