शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

शुक्रबार, ०३ चैत २०७९, १८ : २६
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेको छन् । 

शुक्रबार लगानी बोर्डको कार्यालयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण, आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गरेको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले बताए ।   

उनले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिब ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्ययन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गरेको बताए । उनले लगानी बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्वयन ढाँचामा आबद्ध भइसकेको बताए । उनले ९०० मेगावाट क्षमताको अरुण ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावाटको अधएजलाशययुक्त अपर मर्स्याङ्दी र अन्य औद्योगिक पूर्वाधारहरू आयोजनाहरू पाइपलाइनमा रहेको बताए । उनले यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने बताए ।

उनले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताए । उनले अब लगानी बोर्डले मुलुकको आर्थिक र सामाजिक विकासमा गरी मुहार फेर्नसक्ने आयोजनाहरुको पहिचान,अध्ययन गरेर मात्रै अगाडि बढाउनुपर्ने बताए । उनले लगानी बोर्ड आगामी लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप