मौन अवधिमा बोल्यो अनेरास्ववियु, सरकार र प्रतिस्पर्धीमाथि खनियो

काठमाडौँ । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु स्ववियु निर्वाचनको मौन अवधिमा सरकार र प्रतिस्पर्धी विद्यार्थी संगठनमाथि खनिएको छ । अनेरास्ववियुले शुक्रबार विज्ञप्ति जारी गर्दै मौन अवधिमा सरकार र प्रतिस्पर्धी विद्यार्थी संगठनमाथि खनिएको हो ।
अनेरास्ववियुका अध्यक्ष समिक बडाले विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनमा सत्ताधारी विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पस र विश्वविद्यालयहरुमा आगजनी, तोडफोड र तालाबन्दी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । अनेरास्ववियुले सहजताका साथ विजय हासिल गर्ने क्याम्पसहरूमा क्याम्पस प्रमुख र निर्वाचन समितिका प्रमुखहरूलाई सुरक्षा चुनौती हुनेगरी सत्ता गठबन्धनका विद्यार्थी नेता तथा कार्यकर्ताहरूले गतिविधि गरिरहेको उनले आरोप लगाएका हुन् ।
उनले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री र सत्ता गठबन्धनका शीर्ष नेताहरू विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरूलाई धम्की दिने काममा अग्रसर भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव