मौन अवधिमा बोल्यो अनेरास्ववियु, सरकार र प्रतिस्पर्धीमाथि खनियो
काठमाडौँ । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु स्ववियु निर्वाचनको मौन अवधिमा सरकार र प्रतिस्पर्धी विद्यार्थी संगठनमाथि खनिएको छ । अनेरास्ववियुले शुक्रबार विज्ञप्ति जारी गर्दै मौन अवधिमा सरकार र प्रतिस्पर्धी विद्यार्थी संगठनमाथि खनिएको हो ।
अनेरास्ववियुका अध्यक्ष समिक बडाले विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनमा सत्ताधारी विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पस र विश्वविद्यालयहरुमा आगजनी, तोडफोड र तालाबन्दी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । अनेरास्ववियुले सहजताका साथ विजय हासिल गर्ने क्याम्पसहरूमा क्याम्पस प्रमुख र निर्वाचन समितिका प्रमुखहरूलाई सुरक्षा चुनौती हुनेगरी सत्ता गठबन्धनका विद्यार्थी नेता तथा कार्यकर्ताहरूले गतिविधि गरिरहेको उनले आरोप लगाएका हुन् ।
उनले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री र सत्ता गठबन्धनका शीर्ष नेताहरू विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरूलाई धम्की दिने काममा अग्रसर भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण