राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड
शुक्रबार, ०३ चैत २०७९, २० : २५
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच यो पहिलो भेटवार्ता हो ।
पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । यस्तै शुक्रबार उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । पौडेल र यादव दुवै सत्ता गठबन्धनबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण