शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको फ्रिकिकमा अल नासरको पुनरागमन

आइतबार, ०५ चैत २०७९, ०९ : १७
आइतबार, ०५ चैत २०७९

साउदी अरब । क्रिस्टियानो रोनाल्डोले ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकाल्न सफल भएको छ । शनिबार भएको खेलमा अल नासरले अभालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

अल नासर १–० ले पछि परेको स्थितिमा रोनाल्डोले खेलको ७८ औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै खेल बराबरी गरेका थिए । पोर्चुगिज स्टारको नयाँ क्लबका लागि यो नवौँ गोल थियो । त्यसपछि ब्राजिलियन स्ट्राइकर एन्डर्सन टालिस्काले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गर्दै टोलीलाई जीत दिलाए ।

रोनाल्डो अब अन्तर्राष्ट्रिय खेलका लागि पोर्चुगल फर्किनेछन् । युरो २०२४ को छनोट र लिच्टेन्स्टाइन र लक्जम्बर्गविरुद्धको खेलका लागि नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप