रोनाल्डोको फ्रिकिकमा अल नासरको पुनरागमन
आइतबार, ०५ चैत २०७९, ०९ : १७
साउदी अरब । क्रिस्टियानो रोनाल्डोले ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकाल्न सफल भएको छ । शनिबार भएको खेलमा अल नासरले अभालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
अल नासर १–० ले पछि परेको स्थितिमा रोनाल्डोले खेलको ७८ औँ मिनेटमा फ्रिकिकबाट गोल गर्दै खेल बराबरी गरेका थिए । पोर्चुगिज स्टारको नयाँ क्लबका लागि यो नवौँ गोल थियो । त्यसपछि ब्राजिलियन स्ट्राइकर एन्डर्सन टालिस्काले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गर्दै टोलीलाई जीत दिलाए ।
रोनाल्डो अब अन्तर्राष्ट्रिय खेलका लागि पोर्चुगल फर्किनेछन् । युरो २०२४ को छनोट र लिच्टेन्स्टाइन र लक्जम्बर्गविरुद्धको खेलका लागि नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण