शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचन : मकवानपुरका ८ मध्ये ७ क्याम्पसमा मतदान सुरु

आइतबार, ०५ चैत २०७९, १० : ०४
आइतबार, ०५ चैत २०७९

हेटौँडा । स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरका ८ मध्ये ७ वटा क्याम्पसमा मतदान सुरु भएको छ । बिहान ८ बजेबाट ७ वटा क्याम्पसमा मतदान सुरु भएको हो ।

मकवानपुरको एउटा क्याम्पसमा भने विद्यार्थी सङ्गठन बिच सहमतिमा स्ववियु समिति गठन भएको छ । मकवानपुरको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा सबै राजनीतिक दलका विद्यार्थी सङ्गठन बिच सहमतिमा स्ववियु समिति गठन भएको हो । सो क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)का पुष्कर श्रेष्ठको नेतृत्वमा सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको छ ।

मकवानपुरका अन्य ७ क्याम्पसमा भने निर्वाचन हुँदैछ । मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरि बहुमुखी क्याम्पसमा निर्वाचन हुँदैछ।

निर्वाचनका लागि मकवानपुरका ७ वटा क्याम्पसले फागुन २२ गते मतदाता सूचि प्रकाशन भइसकेको छ । जस अनुसार मकवानपुर बहुमुखी क्याम्पसमा ३ हजार ९१ जना, हेटौँडा क्याम्पसमा ८९७ जना र वन विज्ञान अध्ययन संस्थानमा ४३९ जना विद्यार्थी मतदाता रहेका छन् । 

334672220_6394402720572491_824062981866591916_n

मकवानपुरका सबै क्याम्पसमा २ वटा प्यानल बनेर प्रतिस्पर्धा भएको छ । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)को अर्को प्यानल रहेको छ ।

अनेरास्ववियु, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) प्यानलबाट मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका नवराज शर्मा पौडेल, हेटौँडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली, वन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुका अरुण अधिकारी, जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) की मुना गोले, वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दिवस सिलवाल, निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल र मनहरि बहुमुखी क्याम्पसमा अनेरास्ववियूका कुमार घिसिङ अध्यक्षका उम्मेदवार छन् ।

334905736_1255081605360496_4102433682857644803_n

नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसं प्यानलले मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका छोइसाङ लामा, हेटौँडा क्याम्पसमा नेविसंघका राजीव फुयाल, वन विज्ञान अध्ययन संस्थानमा नेविसंघका दीपेन्द्र कँडेल, जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघका सुजन धिमाल, वंशगोपाल बहुमुखी क्याम्पसमा राप्रविसंकी मनिका गौतम, निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका जयबहादुर रोक्का र मनहरि बहुमुखी क्याम्पसमा नेविसंघका किशोर लम्साल अध्यक्षका उम्मेदवार छन् ।

स्ववियु निर्वाचनका लागि मकवानपुरका सबै क्याम्पसले मतदान र मतगणना स्थलको तयारी सम्पन्न गरिसकेका छन् । सबैभन्दा बढी विद्यार्थी भएको मकवानपुर बहुमुखी क्याम्पसमा ६ वटा मतदान केन्द्र रहेको छ भने मतगणना स्थलमा तारजाली लगाइएको छ । आज आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । २०० विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, २०१ देखि एक हजार सम्म विद्यार्थी भएमा १३ जनाको कार्यसमिति, एक हजार एकदेखि ३ हजारसम्म विद्यार्थी भएमा १९ जनाको कार्यसमिति र ३ हजार १ देखि ५ हजारसम्म विद्यार्थी भएमा २१ सदस्यीय कार्यसमिति हुनेछ ।

334754580_197777862954048_4543266124784588004_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप