शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवल बहुमुखी क्याम्पसमा एक हजार मत खस्यो

आइतबार, ०५ चैत २०७९, १२ : ३१
आइतबार, ०५ चैत २०७९

बुटवल । रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा चलिरहेको स्ववियु निर्वाचनमा अहिलेसम्म १ हजार मत खसेको छ ।

६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् । निर्वाचन सदस्य सचिव प्राध्यापक खिललाल भट्टराईले अहिलेसम्मकै विद्यार्थीहरूले उत्साहजनक रूपमा मतदानमा भाग लिएको रातोपाटीलाई बताए ।

यहाँ  यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको  थियो । लामो समय रोकिएको बुटवल  बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई  निकै चासोका साथ हेरिएको छ । यस अघिका  सबै स्ववियु  निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो । 

butbal campus2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप