बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अन्जु र थानेश्वरले ल्याए ‘आलिमा भट्ट’

आइतबार, ०५ चैत २०७९

काठमाडौँ । गायिका अन्जु पन्त र गायक थानेश्वर गौतमको स्वर रहेको गीत ‘आलिमा भट्ट’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार गीतमा साली भेनाको मायाको प्रसंग समेटिएको छ । जसको शब्द प्रभा बर्ताैलाले कोरेकी हुन् ।

गजल गायनमा अब्बल थालेस्वरकै संगीत रहेको गीतको एरेन्जर कमल सौराग हुन् । गीतको भिडियोमा लोमस शर्मा र सुशिला स्त्रीको अभिनय रहेको छ । थुप्रै कोरस प्रयोग गरेर डान्सिङ शैलीमा तयार गरिएको भिडियो जिबी चिरन र गीतकार बर्ताैलाको पनि अभिनय देख्न सकिन्छ । 

राम केसीको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोको कोरियोग्राफर तथा निर्देशक श्रृजन बराल हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया