जनकपुरको राराब क्याम्पसमा मतदान सम्पन्न, फर्जी मत हाल्न खोज्ने ९ जना पक्राउ
जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सम्पन्न भएको छ ।
क्याम्पसमा निर्वाचन समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ७ हजार २ सय १५ मतदाता रहेका थिए । मतदानको क्रममा २ हजार ६ सय ६२ मत मात्रै खसेको हो ।
मतदान सम्पन्न भएसँगै केहीबेरमा मतगणना समेत सुरु हुने स्ववियु निर्वाचन समिति निर्वाचन अधिकृत रेमन्त मोरबैताले जानकारी दिए ।
त्यस्तै फर्जी कार्ड बोकेर मतदान गर्न गएका ९ जना पक्राउ परेका छन् ।निर्वाचनमा खटिएको प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
यसैबीच नेविसंघका विद्यार्थीहरुले धाँधली गर्न खोजेको भन्दै पाँच दलीय गठबन्धनका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरू नेविसंघमा आबद्ध रहेको र उनीहरूमाथि कडा कारबाही गर्न विद्यार्थीहरूको माग छ ।
जसपा, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यो क्याम्पसको स्ववियु निर्वाचनमा तालमेल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण