जनकपुरको राराब क्याम्पसमा मतदान सम्पन्न, फर्जी मत हाल्न खोज्ने ९ जना पक्राउ

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सम्पन्न भएको छ ।
क्याम्पसमा निर्वाचन समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ७ हजार २ सय १५ मतदाता रहेका थिए । मतदानको क्रममा २ हजार ६ सय ६२ मत मात्रै खसेको हो ।
मतदान सम्पन्न भएसँगै केहीबेरमा मतगणना समेत सुरु हुने स्ववियु निर्वाचन समिति निर्वाचन अधिकृत रेमन्त मोरबैताले जानकारी दिए ।
त्यस्तै फर्जी कार्ड बोकेर मतदान गर्न गएका ९ जना पक्राउ परेका छन् ।निर्वाचनमा खटिएको प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
यसैबीच नेविसंघका विद्यार्थीहरुले धाँधली गर्न खोजेको भन्दै पाँच दलीय गठबन्धनका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरू नेविसंघमा आबद्ध रहेको र उनीहरूमाथि कडा कारबाही गर्न विद्यार्थीहरूको माग छ ।
जसपा, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यो क्याम्पसको स्ववियु निर्वाचनमा तालमेल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली
-
रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
नव विवाहिता मृत्यु प्रकरणः माइती पक्षले लगायो हत्याको आरोप
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल