धेरै सम्पत्ति भएका यी हुन् साउथका ६ अभिनेत्री
मुम्बई । बलिउड अभिनेत्री जस्तै साउथ (दक्षिण भारतीय) अभिनेत्रीका फ्यान फलोइङ राम्रो छ । कतिपय अभिनेत्री यस्ता छन्, जसको पारिश्रमिक बलिउड अभिनेत्रीहरुको भन्दा धेरै छ । यहाँ साउथका ती ६ अभिनेत्रीको चर्चा गर्न खोजिएको छ, जसको सम्पत्ति धेरै छ ।
अनुष्का शेट्टी : अभिनेत्री अनुष्का शेट्टीले आफ्नो करियर करियरमा धेरै उत्कृष्ट फिल्म दिएकी छन् । साउथकी यी सुन्दरी कमाइको मामिलामा पनि बलिउड अभिनेत्रीहरु भन्दा अगाडि छिन् । रिपोर्टका अनुसार अनुष्का साउथको सबैभन्दा धनी अभिनेत्री हुन् । अनुष्का ११९ करोड (भारु)को मालिक हुन् ।
तमन्ना भाटिया : तमन्ना पनि कमाइको मामिलामाअगाडि नै छिन् । १११ करोड( भारु)को मालिक तमन्ना आफ्नो दमदार अभिनय र सौन्दर्यले मानिसलाई मोहित पार्छिन् । तमन्नाले पनि साउथका धेरै सुपरहिट फिल्ममा अभिनय गरेकी छन् ।
सामन्था रुथ प्रभु : सामन्था साउथकी उत्कृष्ट मध्यकी एक अभिनेत्रीमा पर्छिन् । आफ्नो अद्भुत सौन्दर्य र बलियो अभिनयको साथ उनी मानिसहरूलाई आफ्नो प्रशंसक बनाउँछिन् । सामन्था ८९ करोड (भारु)को मालिक हुन् ।
काजल अग्रवाल : अभिनेत्री काजल अग्रवाल पनि कमाइको मामिलामा अगाडि छिन् । रिपोर्टका अनुसार अभिनेत्री ८६ करोड (भारु)को मालिक हुन् । साउथकी प्रभावशाली अभिनेत्रीमा पर्ने उनले धेरै उत्कृष्ट फिल्म दिएकी छन् ।
नयनतारा : अभिनेत्री नयनतारा साउथकी चर्चित अभिनेत्री हुन् । मानिसहरु उनको सौन्दर्यको लागी पागल छन् । कमाइको मामिलामा नयनतारा पनि अन्य अभिनेत्री भन्दा कम छैनन् । उनी ७४ करोड( भारु)को मालिक हुन् ।
रश्मिका मण्डना : रश्मिका पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् । ‘पुष्पा’ जस्ता धेरै उत्कृष्ट फिल्म अभिनय गरेकी उनी २९ करोड (भारु)की मालिक हुन् । अभिनेत्रीले एउटा फिल्मका लागि तीनदेखि चार करोड फिस लिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण