ग्याङ्स्टरको धम्की पछि बढाइयो सलमान खानको सुरक्षा
बलिउड अभिनेता सलमान खानलाई उनको कार्यालयमा इमेल पठाएर धम्की दिइएको छ । यसपछि मुम्बई पुलिसले ग्याङ्स्टर लरेन्स बिश्नोई र गोल्डी ब्रार र एक अन्य विरुद्ध एफआईआर दर्ता गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार इमेल पठाउनेले हिन्दीमा लेखेका छन्, ‘गोल्डी भाइ (गोल्डी ब्रार) सलमान खानसँग आमनेसामने बसेर कुरा गर्न चाहन्छन् ।’
पुलिस अधिकारीहरूलाई उद्धृत गर्दै, पीटीआईले लेखेको छ – लरेन्स बिश्नोई र गोल्डी ब्रार बाहेक रोहित नामका व्यक्ति विरुद्ध एफआईआर दर्ता गरिएको छ ।
पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्न लरेन्स बिश्नोई र गोल्डी ब्रार पन्जाबको भटिन्डा जेलमा छन् ।
यो उजुरी प्रशान्त गुञ्जालकरले बान्द्रा प्रहरीमा दर्ता गराएका हुन् । प्रहरीका अनुसार गुञ्जालकर बान्द्रास्थित सलमान खानको घरमा बारम्बार आउने गरेका छन् र कलाकारसँग जोडिएको एउटा व्यवस्थापन कम्पनी चलाउँछन् ।
एफआईआरलाई उद्धृत गर्दै, अधिकारीले पीटीआईलाई दिएको जानकारी अनुसार जब गुंजालकर शनिवार दिउँसो ग्यालेक्सी अपार्टमेन्टमा सलमान खानको कार्यालयमा थिए, उनले ‘रोहित गर्ग’ को आइडीबाट एउटा इमेल आएको देखे ।
उक्त इमेलमा हिन्दीमा लेखिएको थियो, ‘सलमान खानले लरेन्स बिश्नोईको हालैको एउटा न्युज च्यानललाई दिएको अन्तर्वार्ता अवश्य हेर्नुभएको होला, छैन भने हेर्नु होला । यदि सलमान खान यो मामिला बन्द गर्न चाहन्छन् भने उनले गोल्डी भाइ (गोल्ड बरार)सँग आमनेसामने बसेर कुरा गर्नुपर्छ ।’
इमेलमा ‘अहिले पनि समय रहेको’ भन्दै ‘अर्को पटक भने झट्का हेर्न पाइने’ बताइएको छ । यसअघि जून २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खानलाई धम्की दिएका थिए ।
उक्त धम्कीपछि उनको घर बाहिर सुरक्षा कडा पारिएको छ । रात भरी मुम्बईका जवानले सलमानको बान्द्रास्थित घर ग्यालेक्सी बाहिर गस्ती गरेको भारतीय सञ्चार माध्यमले बताएको छ । प्रहरीले ग्यालेक्सी बाहिर भीडसमेत जम्मा हुन दिइरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण