बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

सोमबार, ०६ चैत २०७९, १० : २२
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको सोमबार बिदाइ गरिएको छ । शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै पुनको बिदाइ गरिएको हो । 

पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् ।

यसअघि नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप