कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा त्रिविलाई तनाव
काठमाडौं । कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा त्रिभुवन विश्वविद्यालयलाई तनाव भएको छ । आइतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्ष तर्फको मत गणनाको नतिजा सहजै सार्वजनिक गरेपनि कलेजहरूलाई समानुपातिकको हिसाब भने गाह्रो परेको देखिन्छ ।
जसले गर्दा उनीहरूले हिसाब नजान्दा त्रिविलाई तनाब परेको छ । समानुपातिकको हिसाब बुझ्नका लागि कलेजहरूले त्रिविको विद्यार्थी कल्याण तथा खेलकुल निर्देशनालयमा फोन गर्ने गरेका छन् । कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा तनाब भइरहेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले कलेजहरूलाई हिसाब बुझाउँदा बुझाउँदा अन्य कुराबारे सोच्न नसकिएको बताए । समानुपातिकको मत गणना गरेर सबै अन्तिम मत परिणाम सार्वजनिक हुन एक हप्ता लाग्ने देखिएको छ । त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली लागू गरेको थियो ।
जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्षबाट निर्वाचित हुनेछ । उपाध्यक्ष र सहायक सचिव समानुपातिक मत परिणामको आधारमा मनोनित गरिनेछ । त्यसका लागि समानुपातिकमा सबैभन्दा बढी मत पाउने संगठनको तर्फबाट बढी सदस्य मनोनित हुनेछन् । मनोनित भएका सदस्यहरूबाटै स्ववियु कार्य समितिको बैठकले भागबण्डा गर्नेछ । तर, कलेजहरूले यसबारे हिसाब बुझ्न नसकेको निर्देशक अधिकारीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण