बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा त्रिविलाई तनाव

सोमबार, ०६ चैत २०७९, २३ : ०४
सोमबार, ०६ चैत २०७९

काठमाडौं । कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा त्रिभुवन विश्वविद्यालयलाई तनाव भएको छ । आइतबार सम्पन्न स्ववियु निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्ष तर्फको मत गणनाको नतिजा सहजै सार्वजनिक गरेपनि कलेजहरूलाई समानुपातिकको हिसाब भने गाह्रो परेको देखिन्छ । 

जसले गर्दा उनीहरूले हिसाब नजान्दा त्रिविलाई तनाब परेको छ । समानुपातिकको हिसाब बुझ्नका लागि कलेजहरूले त्रिविको विद्यार्थी कल्याण तथा खेलकुल निर्देशनालयमा फोन गर्ने गरेका छन् । कलेजहरूले समानुपातिक मत परिणामको हिसाब नजान्दा तनाब भइरहेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले कलेजहरूलाई हिसाब बुझाउँदा बुझाउँदा अन्य कुराबारे सोच्न नसकिएको बताए ।  समानुपातिकको मत गणना गरेर सबै अन्तिम मत परिणाम सार्वजनिक हुन एक हप्ता लाग्ने देखिएको छ । त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली लागू गरेको थियो । 

जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्षबाट निर्वाचित हुनेछ । उपाध्यक्ष र सहायक सचिव समानुपातिक मत परिणामको आधारमा मनोनित गरिनेछ ।  त्यसका लागि समानुपातिकमा सबैभन्दा बढी मत पाउने संगठनको तर्फबाट बढी सदस्य मनोनित हुनेछन् । मनोनित भएका सदस्यहरूबाटै स्ववियु कार्य समितिको बैठकले भागबण्डा गर्नेछ । तर, कलेजहरूले यसबारे हिसाब बुझ्न नसकेको निर्देशक अधिकारीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप