अहिले भ्रष्टाचार मौलाएको छ : ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भ्रष्टाचार मौलाएको टिप्पणी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार बनेपछि देशमा भ्रष्टाचार अझ मौलाएको बताएका हुन् । विकास निर्माण आयोजनाहरु समेत रोकिएको ओलीले बताए ।
‘अहिले विकास निर्माणको गति आउँदैन । रोकिएका आयोजनाहरु दुर्तगतिमा अघि बढ्दैनन् । बाध्यताबस ठेक्का लागेका आयोजनाहरु टुलुटुलु हेर्नुहुन्छ’ ओलीले भने, ‘कसैको प्रमोशनको कुरा आयो भने फलानो केपी ओलीको मान्छे रहेछ भन्नुहुन्छ रोक्नुहुन्छ । यसरी पाँच सात पुस्तासम्म यस्तै गर्ने देखियो । उहाँको सम्बन्ध उहाँसँग् उहाँको सम्बन्ध अर्कोसँग उहाँको सम्बन्ध केपी ओलीसँग भन्ने अहिले पनि छ ।उहाँको मानसिकता नातावाद, कृपावाद, आफन्तवाद र एमाले विरोधी हुनुपर्ने छ ।’
प्रचण्डको नीति राष्ट्रिय शक्ति र प्रगतिशील शक्तिलाई कमजोर पार्ने रहेको ओलीले बताए । वैदेशिक सम्बन्ध असन्तुलन मात्रै हाइन अविश्वसनीय भएको ओलीले बताए । प्रधानमन्त्रीलाई स्वार्थ भएका दलले मात्रै मत दिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण