प्रचण्ड खुला किताब हुन सबैले मतदान गरौं : प्रदीप यादव
सोमबार, ०६ चैत २०७९, १५ : ३३
काठमाडौँ । जनता समाजवादी पार्टी९जसपा०का सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुला किताब भएकाले सबैलाई मतदान गर्न आग्रह गरे । संसदमा बोल्दै यादवले प्रचण्ड जस्तो साहसिक प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिनुपर्ने बताए ।
‘प्रधानमन्त्री ज्यूले आफ्नो कार्यकालमा पहिलेका कार्यकालको अनुभवका आधारमा अझ सफलतापूर्वक भूमिका निभाउने बताउनु भएको छ । जनताले प्रचण्ड ज्यूबाट सही कार्यान्वयनको अपेक्षा गरेका छन् । उहाँको प्रतिवद्धतामा सफलता मिलोस् भनेर शुभकामना दिन चाहन्छु’ यादवले भने, ‘अरू सांसदहरूलाई अनुरोध गर्दछु । प्रचण्ड जस्तो साहसिक प्रधानमन्त्री कसले पाउँछ ? उहाँ खुला किताब हुन । उनको मनमा केही रहँदैन । प्रष्ट बोल्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।’
अहिलेको अर्थतन्त्रको संकटबाट जोगिनपनि सबै दल मिल्नुपर्ने यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण