चित्रबहादुरको प्रश्न : यो खेल हेर्दा नेपाली जनताले के भन्लान् ?
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई महिनामै सत्तासमिकरण फेरिने र सरकार बदल्ने खेल हेर्दा नेपाली जनताले के भन्लान् भन्ने चिन्ता लागेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले अहिलेको संसदीय प्रणालीलाई चलाउनै नसक्ने अवस्था रहेको बताए ।
‘दुई महिना अघि सरकार बन्यो, तर दुई महिनामै सरकार फेरियो, यो खेल हेर्दा नेपाली जनताले के भन्लान् ?’, केसीले भने, ‘हाम्रो संसदीय प्रणाली कसैको पनि बहुमत आउनै नसक्ने छ । यो प्रणाली थेग्नै नसक्ने भयौ, सरकार बनाउने र ढलाउने मात्रै केन्द्रित हुँदा लोकतन्त्र गणतन्त्र धरापमा परेको छ ।’
उनले यो प्रक्रियाले जनतालाई राम्रो सन्देश नदिएको भन्दै प्रधानमन्त्री प्रचण्ड बालकोट गएर पनि पुरानै गठबन्धनमा फर्किएकाले सरकारलाई समर्थन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण