चित्रबहादुरको प्रश्न : यो खेल हेर्दा नेपाली जनताले के भन्लान् ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई महिनामै सत्तासमिकरण फेरिने र सरकार बदल्ने खेल हेर्दा नेपाली जनताले के भन्लान् भन्ने चिन्ता लागेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले अहिलेको संसदीय प्रणालीलाई चलाउनै नसक्ने अवस्था रहेको बताए ।
‘दुई महिना अघि सरकार बन्यो, तर दुई महिनामै सरकार फेरियो, यो खेल हेर्दा नेपाली जनताले के भन्लान् ?’, केसीले भने, ‘हाम्रो संसदीय प्रणाली कसैको पनि बहुमत आउनै नसक्ने छ । यो प्रणाली थेग्नै नसक्ने भयौ, सरकार बनाउने र ढलाउने मात्रै केन्द्रित हुँदा लोकतन्त्र गणतन्त्र धरापमा परेको छ ।’
उनले यो प्रक्रियाले जनतालाई राम्रो सन्देश नदिएको भन्दै प्रधानमन्त्री प्रचण्ड बालकोट गएर पनि पुरानै गठबन्धनमा फर्किएकाले सरकारलाई समर्थन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
विद्युत् व्यापार गर्न निर्देशिका बनाउँदै सरकार
-
राज्य व्यवस्थाको प्रतिवेदन हुबहु पारित भए कर्मचारीलाई राजीनामा दिएर संवैधानिक नियुक्तिमा बन्देज
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश