शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

सोमबार, ०६ चैत २०७९, १९ : ०५
सोमबार, ०६ चैत २०७९

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो । 

मधुवन नगरपालिका-५  का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी उनीहरूको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थल पुगेको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप