स्ववियु निर्वाचन : मोरङको सकुनामा अनेरास्ववियूका लिम्बू निर्वाचित

विराटनगर । मोरङको दोस्रो ठुलो क्याम्पस सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका सन्तोष लिम्बू पुनः निर्वाचित भएका छन् । लिम्बूले १ हजार ३ सय ८२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा एमाले निकटको अनेरास्वियुका मनोज कार्कीले ६५७ मत पाएका छन् ।
यसअघि २०७३ सालमा भएको निर्वाचनमा पनि लिम्बू नै विजयी भएका थिए । उक्त क्याम्पसमा हिंजो मतदान भएको थियो । स्ववियु सचिवमा भने एमाले निकट अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका निराजन धमलाले एक हजार ६ मत मात्रै ल्याएका छन् ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । उनले १३२५ मत ल्याएका छन् भने अनेरास्वियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएकी छिन् ।
सुकुनामा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियूले गठबन्धन गरेका थिए । सदस्यहरूमा पनि बहुमत सोही गठबन्धनले जितेको छ । सुकुना क्याम्पसमा स्ववियुबाट पहिलो पटक एमाले निकटको अनेरास्ववियुले पराजय भोग्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर