सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा
_0_vLuysJ7U11.jpg)
नाइजेरिया । नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानमा देखाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोषले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा यहाँ पानीजन्य सङ्क्रमणको खतरा बढी देखिएको र यहाँका ठूलो सङ्ख्याका नागरिक यसबाट सङ्क्रमित हुने खतरा रहेको पाइएको बताइएको छ ।
बालकोषले यहाँ शुद्ध र सफा पिउने पानी, सौचालय, सरसफाई र खानामा लगानी गर्नुपर्ने सुझाव नाइजेरिया सरकारलाई दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाई र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।
देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण यहाँका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश