शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिव परियारले भने, ‘धोकेबाज हौ तिमी’ गीत चोरेर गाइएको  होइन’

मङ्गलबार, ०७ चैत २०७९, १३ : ३४
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । गायक शिव परियाले ‘धोकेबाज हौ तिमी’ गीतको विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन् । उनले ‘धोकेबाज हौ तिमी’ गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्कीजी’ नै रहेको स्पष्ट पारेका छन् ।

यस्तो छ उनको पोस्ट

धोकेबाज हौ तिमी प्रेस विज्ञप्ति

धोकेबाज हौ तिमी गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक विचार– पहिला कसले गाएको ? पछि कसले गाएको ? भन्ने बनी बनाउ कन्ट्रोभर्सी  खबरबाट मेरा सबैजना प्रिय शुभचिन्तकहरू कृपया सावधान र सतर्क रहिदिन विनम्र अनुरोध गर्दछु । ‘धोकेबाज हौ तिमी’ गीत यस गीतका ‘आधिकारिक स्रष्टा÷सङ्गीतकार सुवास कार्की ‘कार्की जी’ ले आधिकारिक रूपमा मेल ,फिमेल र चाइल्ड तीन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ र प्रकाशन गर्नु भएको छ । यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरूको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होइन, छैनौ र चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौँ । यस गीतलाई मेल, फिमेल, चाइल्ड यी तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक गायिका हुन । यो विषयमा कुनै विवाद गर्नुपर्ने आधार या आवश्यकता मैले देखेको छैन । आधिकारिक रूपमा स्पष्ट पार्दछु । यति सहज र सरल र विषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सी आकर्षित देखिन्छ । यो वास्तविकतादेखि सतर्क र सावधान भइदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझी गालीगलौजको भाषा प्रयोग गरेर कमेन्ट गर्न हतार नगरौँ । मेरा समस्त प्रिय शुभचिन्तकहरूमा अनुरोध गर्दछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप