चैते झरीले धनगढी डुबानमा
धनगढी । सोमबारदेखि अविरल परेको चैते झरीले सुदूरपश्चिम प्रदेश राजधानी धनगढी डुबानमा परेको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले परेको झरीले धनगढी डुबानमा परेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरु डुबानमा परेका हुन् ।
स्थानीय शान्ति ज्ञवालीले पसलभित्र डुबान भएपछि समस्या भएको र बिहान पसल खोल्दा पुरै जलमग्न भएको बताइन् ।
पानी निकासका लागी नाली व्यवस्थापन नभएकोले डुबान भएको उनको भनाइ छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले भौतिक संरचना विस्तारका कारण ढल तथा नाली निकासको व्यवस्थापनमा ढिलाइ भएको बताए ।
उनले निर्माणाधीन चटकपुर–मोहना सडक खण्डको यथाशीघ्र निर्माणका लागि वडा कार्यालयबाट पटक पटक समन्वय तथा सम्पर्क गर्दा निर्माण कम्पनीले अटेरी गरेको बताए ।
सो सडक खण्ड अधुरो राखी सामान्य वर्षाका कारण स्थानीयको आवागमनमा समस्या भएको बताए । कैलालीसहित सुदूरपश्चिममा वर्षा जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण