चैते झरीले धनगढी डुबानमा
धनगढी । सोमबारदेखि अविरल परेको चैते झरीले सुदूरपश्चिम प्रदेश राजधानी धनगढी डुबानमा परेको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले परेको झरीले धनगढी डुबानमा परेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरु डुबानमा परेका हुन् ।
स्थानीय शान्ति ज्ञवालीले पसलभित्र डुबान भएपछि समस्या भएको र बिहान पसल खोल्दा पुरै जलमग्न भएको बताइन् ।
पानी निकासका लागी नाली व्यवस्थापन नभएकोले डुबान भएको उनको भनाइ छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राज बहादुर ऐरले भौतिक संरचना विस्तारका कारण ढल तथा नाली निकासको व्यवस्थापनमा ढिलाइ भएको बताए ।
उनले निर्माणाधीन चटकपुर–मोहना सडक खण्डको यथाशीघ्र निर्माणका लागि वडा कार्यालयबाट पटक पटक समन्वय तथा सम्पर्क गर्दा निर्माण कम्पनीले अटेरी गरेको बताए ।
सो सडक खण्ड अधुरो राखी सामान्य वर्षाका कारण स्थानीयको आवागमनमा समस्या भएको बताए । कैलालीसहित सुदूरपश्चिममा वर्षा जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा