प्रधानमन्त्री प्रचण्डसमक्ष वीरगन्जमा रात्रिकालीन बजार खोल्ने प्रस्ताव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगन्जमा रात्रिकालीन बजार सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव गरेका छन् ।
नेता यादव आजै जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरञ्जन साह र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेटेर सो प्रस्ताव गरेका हुन् । वीरगन्जमा रहेको भन्सार नाका रातमा पनि खुला गराउने व्यवस्था मिलाई दिन आफूले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको यादवले बताए ।
वीरगन्जको बजार राति पनि सञ्चालन गर्ने तयारी भइरहेको र त्यसका लागि भन्सार नाका पनि खुला राख्नुपर्छ भनेर आफूले आग्रह गरेको उनले बताए । भन्सार कार्यालय कम्तीमा राति १२ बजेसम्म खुला राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको र त्यसमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको उनको भनाइ छ । भन्सार विभागसँग यस विषयमा कुराकानी गर्ने प्रतिबद्धता प्रचण्डले जनाएका छन् ।
त्यस्तै, वीरगन्ज महानगरमा विकास गर्नका लागि बजेट अभाव रहेको भन्दै त्यसको व्यवस्था गर्नलगायत समसामयिक विषयमा पनि आग्रह गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण