आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डसमक्ष वीरगन्जमा रात्रिकालीन बजार खोल्ने प्रस्ताव

मङ्गलबार, ०७ चैत २०७९, १६ : ५७
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगन्जमा रात्रिकालीन बजार सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव गरेका छन् । 

नेता यादव आजै जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरञ्जन साह र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेटेर सो प्रस्ताव गरेका हुन् । वीरगन्जमा रहेको भन्सार नाका रातमा पनि खुला गराउने व्यवस्था मिलाई दिन आफूले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको यादवले बताए । 

वीरगन्जको बजार राति पनि सञ्चालन गर्ने तयारी भइरहेको र त्यसका लागि भन्सार नाका पनि खुला राख्नुपर्छ भनेर आफूले आग्रह गरेको उनले बताए । भन्सार कार्यालय कम्तीमा राति १२ बजेसम्म खुला राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको र त्यसमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको उनको भनाइ छ । भन्सार विभागसँग यस विषयमा कुराकानी गर्ने प्रतिबद्धता प्रचण्डले जनाएका छन् । 

त्यस्तै, वीरगन्ज महानगरमा विकास गर्नका लागि बजेट अभाव रहेको भन्दै त्यसको व्यवस्था गर्नलगायत समसामयिक विषयमा पनि आग्रह गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप