आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई मनकामना केबुलकारमा विशेष छुट

बुधबार, ०८ चैत २०७९, १२ : १३
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग एक सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले मनकामना केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त केबुलकार सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप