दोलखामा पेट्रोल खाँदा २१ महिने बालकको मृत्यु
बुधबार, ०८ चैत २०७९, १७ : ५९
दोलखा। पेट्रोल सेवन गरेका दोलखा कालिन्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रावतीका एक नाबालकको मृत्यु भएको छ । सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको मृत्यु भएको हो। उक्त परिवार हाल सिंगटीमा पसल सञ्चालन गर्दै आएका थिए ।
पारिवारिक स्रोतका अनुसार नाबालकले कोठामा राखिएको पेट्रोल पिएका थिए । त्यसपछि नाबालकको अवस्था गम्भीर बनेको थियो । बाइकमा प्रयोग गरेर बाँकी रहेको पेट्रोल पाइप सहित कोठामा राखिएकोमा वालकले सेवन गरेको बताइएको छ ।
पेट्रोल सेवन गरेर गम्भीर भएका बालकलाई उपचारका लागि दोलखा स्थित धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण