शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्तलाको जुस तौल घटाउन कागतीभन्दा प्रभावकारी : अङ्गुरमा हुन्छ चमत्कारिक गुण

बिहीबार, ०९ चैत २०७९, १३ : २१
बिहीबार, ०९ चैत २०७९

गर्मी मौसम सुरु हुनासाथ हरेक घरमा कागतीको प्रयोग हुन थाल्छ । कागती भिटामिन सी को उत्कृष्ट स्रोत हो । भिटामिन सी बाहेक यसमा फाइबर, प्रोटिन, क्याल्सियम, जिङ्क, प्यान्टोथेनिक एसिड जस्ता धेरै पोषक तत्त्वहरू पनि पाइन्छन् । कागतीको मूल्य बिस्तारै उकालो लाग्दै छ ।  यस्तो अवस्थामा धेरैले यसलाई खानामा समावेश गर्नबाट बचिरहेका छन् । यस्तो अवस्थामा, तपाईँले कागतीको सट्टा आहारमा अन्य के–के कुरा समावेश गर्न सक्नुहुन्छ भन्नेबारे जानकारी लिऔँ ।

डाइटिशियन कामिनी सिन्हाका अनुसार कागतीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसका साथै यो पाचन प्रणाली र छालाको एलर्जीमा पनि फाइदाजनक हुन्छ । कागती जस्तै सुन्तलाको जुस, दही, अङ्गुरको जुस, किवी र भूइँकटहर जस्ता धेरै चीजहरू छन् जुन कागतीजस्तै लाभदायक छन् ।

सुन्तलाको रस कागतीको तुलनामा कम एसिडिक हुन्छ

सुन्तलाको रस कागतीको रस भन्दा कम एसिडिक (अम्लीय)  हुन्छ । प्रयोग गर्न मिल्ने ठाउँमा यसको प्रयोग गर्नुहोस् ।  सुन्तलामा बी–नाइन र फोलेटको गुण पाइन्छ । यसले शरीरमा रक्तसञ्चारलाई ठिक राख्न मद्दत गर्छ ।

यदि तपाईँले दैनिक दुई गिलास सुन्तलाको जुस पिउनुभयो भने यसले रक्तचापलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । सुन्तलाको कारण शरीरमा अक्सिजनयुक्त रगत प्रवाह रहन्छ, जसले मुटुको समस्याबाट बचाउँछ ।

कागतीको सबैभन्दा सस्तो विकल्प दही

दही कागतीको एक सस्तो विकल्प हो । यसलाई तरकारी बनाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । दहीमा राम्रो ब्याक्टेरिया हुन्छ र यसमा क्याल्सियम, प्रोटिन र भिटामिन प्रचुर मात्रामा पाइन्छ । दहीले शरीरलाई डिटोक्सिफाई गर्छ र योनिको सङ्क्रमणमा पनि फाइदाजनक हुन्छ । यसका साथै यो तौल घटाउनमा पनि प्रभावकारी हुन्छ ।

अङ्गुरको जुसको औषधीय गुण

अङ्गुरको जुस पनि औषधिको रूपमा प्रयोग गरिन्छ । कागतीमा पाइने लगभग सबै पोषक तत्त्व यसमा पाइन्छ । कागतीको सट्टा अङ्गुरको रस प्रयोग गर्नु निकै फाइदाजनक मानिन्छ । यो मधुमेह र उच्च रक्त शर्करा कायम राख्न प्रभावकारी छ ।

यसबाहेक, यो हड्डीको स्वास्थ्य को लागी धेरै लाभदायक मानिन्छ । यदि तपाईँ जोर्नी दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने दैनिक आहारमा अङ्गुरको जुस समावेश गर्नुहोस् ।

भूइँकटहरले प्रोटिन पचाउन मद्दत गर्छ

भूइँकटहरमा ब्रोमेलेन नामक यौगिक हुन्छ, जसले प्रोटिन पचाउन मद्दत गर्छ । यसले शरीरमा प्रोटिन र अतिरिक्त बोसो रगतमा फैलिनबाट रोक्छ, जसका कारण कोलेस्ट्रोलको स्तर घट्न थाल्छ ।

बोसो घटाउनका लागि कागतीको सट्टा भूइँकटहरको प्रयोग निकै फाइदाजनक मानिन्छ । यस बाहेक यसले उच्च कोलेस्ट्रोलका कारण हुने सुस्त रक्तसञ्चारलाई पनि सुधार्छ । भूइँकटहरमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी तत्त्व प्रशस्त मात्रामा पाइन्छ, जसले रगतलाई जम्नबाट रोक्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

किवीले रगतको प्लेटलेट्स बढाउँछ

लेमनेडको सट्टा, तपाईँ किवीको जुस पिउन सक्नुहुन्छ । किवीमा भिटामिन सी प्रचुर मात्रामा हुन्छ, त्यसैले किवी कागतीको उत्तम विकल्प हो । किवीमा प्रशस्त मात्रामा फाइबर र फोलेट पाइन्छ । यसले शरीरमा रगतको प्लेटलेट्स बढाउन मद्दत गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप