शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी गरौँ निपाह भाइरसको उपचार र रोकथाम

बिहीबार, ०९ चैत २०७९, १४ : ०२
बिहीबार, ०९ चैत २०७९

काठमाडौं । निपाह भाइरस जुवोनोटिक भाइरसको संक्रमणका कारण हुने गर्छ  । यो भाइरस सङ्क्रमण हुँदा विभिन्न खालका लक्षणहरू देखापर्ने पर्ने गर्छन् । स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयका अनुसार सामान्यतयाः सङ्क्रमण भएको ५ देखि १४ दिनको अवधिपछि ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, खोकी तथा घाँटी दुख्ने जस्ता लक्षणहरू देखिने गर्छ । 

केही बिरामीहरूलाई श्वासप्रश्वासमा कठिनाइ हुने र गम्भीर न्यूरोलोजिकल संकेतहरू देखापर्ने पनि हुन सक्छ । निपाह भाइरसको सङ्क्रमणका कारण मास्तिष्क सुन्निनेसम्मका खतरा हुन्छ । सङ्क्रमण भएको महिनौपछि पनि शरीरमा भाइरस रहिरहने र मानिसको मृत्यु पनि हुन सक्छ । मन्त्रालयका अनुसार निवाह भाइरसका पहिचान, उपचार र रोकथाम यसरी गर्न सकिन्छः
निदान

निपाह भाइरसको निदान प्रयोगशालामा पोलीमरेज चेन रिएक्शन च्त्–एऋच् द्वारा गरिन्छ । परीक्षणका लागि घाँटी र नाकको स्वाब, मूत्र र रगतको नमुना संकलन गरिने मन्त्रालयले जनाएको छ । 

उपचार

विश्व स्वास्थ्य संङगठनका अनुसार निपाह भाइरस विरुद्धको औषधि पत्ता लागेको छैन । त्यसैले यस भाइरसको उपचार अस्पतालबाट प्राप्त हुने लक्षणहरूको उपचारमा सीमित रहन्छ । हालसम्म निपाह भाइरसको विरुद्ध कुनै खोप उपलब्ध छैन ।

रोकथाम

निपाह भाइरसको रोकथाम गर्न घरपालुवा जनावरहरूलाई  चमेरोको सम्पर्कमा आउनबाट जोगाउनु पर्दछ । साथै घरेलु जनावरहरूमा श्वासप्रश्वासमा कठिनाई, थकान जस्ता लक्षणहरू देखिए ती जनावरहरूलाई अलग्गै राख्नुपर्छ । त्यसैगरी फलफुल खाँदा राम्रोसँग पखालेर मात्रै खाने, तरकारी सकेसम्म पकाएर खाने, जनावरको गोठ सफा राख्ने, सकेसम्म पानी उमालेर मात्रै पिउने गर्नु पर्दछ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेलाबेलमा साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डको पालना पनि कडाईका साथ गर्नुपर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप