सेनाको आकार आईएनजीओले तोक्ने होइन : प्रधानसेनापति शर्मा
पोखरा । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेर एनजिओ आइएनजिओले घोषणा गर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले आफूले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ भनेर सुनेको बताए ।
‘सञ्चारमाध्यम र समाजिक सञ्जालबाट प्रसारित हुने भ्रामक प्रचारबाजीबाट तपाईँहरू टाढा रहनुपर्छ । तपाईंहरुलाई जान्न इच्छा भए हाम्रो विभाग, नेपाल सरकारका आदेश तथा निर्देशनबाट प्रष्ट बुझ्न सकिन्छ,’ उनले भने, ‘समय समयमा कसको इसारामा हो बाहिरबाट नेपाली सेनाको सङ्ख्या यति हुनुपर्छ उति हुनुपर्छ, यस्तो साइजको हुनुपर्छ भनेर नचाहिँदो नचाहिँदो कुराहरू पनि हुने गर्छ । यो हास्यास्पद हो भन्छु ।’
नेपाली सेनाको सङ्ख्या कति हुने भन्ने कुरा स्वयं नेपाल सरकारले घोषणा गर्ने उनले बताए । नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूको बारेमा बेला माैकामा प्रश्न उठिरहेको उनको भनाइ छ । ‘कुनै वर्ग र केही अंशियारहरूले दुष्प्रचार गर्ने, उद्देश्यले अनर्गलका लागि र यसका प्रचारहरू हुने गरेको तयाईंहरुलाई थाहा छ,’ उनले भने, ‘आफ्नो काम गर्दा कति चाहिने हो । नेपाल सरकारले निर्धारण गर्छ न कि कुनै आईएनजिओमा बसेर आफू स्वघोषित प्रज्ञा, स्वघोषित विज्ञ, सुरक्षाविज्ञले भन्ने होइन । यो नेपाल सरकारको काम हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण