शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा ‘आकस्मिक समय’ राख्न संशोधन प्रस्ताव

बिहीबार, ०९ चैत २०७९, १७ : १८
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा शून्य समय, विशेष समयजस्तै ‘आकस्मिक समय’ राख्न संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौंदामाथि संशोधन प्रस्ताव राख्दै सांसदहरुले जरुरी सार्वजनिक महत्वका विषयमा बोल्नका लागि सो समय सभामुखले उपलब्ध गराउनुपर्ने व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता भएको हो । सांसदहरु रुपा सोसी चौधरी, नारायणी शर्मा र सुवोध सापकोटा ‘माधव’ ले सो प्रस्ताव दर्ता गराएका हुन् । 

सांसद चौधरी र शर्माले दफा २ मा उपदफा ‘ग’ मा आकस्मिक समय राख्न प्रस्ताव गरेका हुन । ‘आकस्मिक समय’ भन्नाले सभा चल्नुभन्दा २४ घण्टा अगाडि वा सभा चलिरहेको समयमा सार्वजनिक रुपमा महत्व राख्ने समसामयिक महत्वपूर्ण घटनाबारे सभामा राख्न सभामुखको अनुमति लिएर बोल्ने समय भनेर बुझ्नुपर्छ भन्ने थप गर्ने’ त्यसपछि क्रमशः अरु उपदफा मिलाउने भन्ने प्रस्ताव गरेका छन् । 

उनीहरुले ‘आकस्मिक’ शब्द शून्य समय अघि थप गर्न प्रस्ताव गरेका छन् ।  यस्तै सांसद माधव सापकोटाले प्रस्तावित दफा १५ मा यसअघि प्रतिनिधिसभामा ‘ढ्यापढ्यापे’ समयका रुपमा तजबिजबाट प्रयोग हुँदै आएको समयलाई नियमावलीमा नै व्यवस्था गरी शून्य समय र विशेष समयको अघि ‘आकस्मिक समय’ का रुपमा प्रयोगमा ल्याउने’ प्रस्ताव गरेका छन् । 

यसअघिको तथा हाल क्रियाशील नियमावलीमा कुनै सांसदले आकस्मिक रुपमा बोल्नका लागि ‘ढ्यापढ्यापे’ भन्ने व्यवस्था रहेको छ । जसअनुसार कुनै जरुरी सार्वजनिक महत्वको बिषयमा सदनमा बोल्नुपरेमा आफू अगाडिको टेबलमा ढ्याप ढ्याप पारेर वा उभिएर सभामुखको ध्यान आकर्षण गरी बोल्न पाइने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप