पक्लिहवा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन विजयी
बिहीबार, ०९ चैत २०७९, १७ : ३६
बुटवल । रुपन्देहीको पक्लिहवा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको प्यानल विजयी भएको छ । निर्वाचनमा नेविसंघका प्रविन बस्याल सभापति र अनेरास्वयिुका हरिकृष्ण पोखरेल सचिवमा निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका प्रविण बुढाथोकी विजयी भएका छन् । सदस्यहरूमा अनेरास्ववियुका विवेक खनाल, उर्मिला क्षेत्री, आशुतोष अधिकारी र नेविसंघका प्रकृति घिमिरे र सुदिप शर्मा तिमिल्सिना विजयी भएको निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिएका छन् ।
नेविसंघ रुपन्देहीका अध्यक्ष शम्शेर खड्काले पक्लिहवामा प्यानलले जितेको बताए । यहाँ अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा अर्को प्यानल बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण