सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सिमरा रंगशालाको अधुरो काम मेरो नेतृत्वमा सम्पन्न हुन्छ : पूर्व मन्त्री श्रेष्ठ

शुक्रबार, १० चैत २०७९, ०८ : ०९
शुक्रबार, १० चैत २०७९

बारा । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले निमार्णाधिन सिमरा रंगशालाको अधुरो काम आफ्नै कार्यकालमा पुरा हुने बताएका छन् । बिहीबार साँझ १३ औँ जीतपुरसिमरा गोल्डकपको उद्घाटन समारोहमा श्रेष्ठले निमार्णाधिन अधुरो सिमरा रंगशालालाई सम्पन्न गर्ने आफूले अवसर पाएको बताए ।

‘सिमरा रंगशाला र यस आपसापको क्षेत्रका अधुरा सडक पूर्वाधारहरुलाई सम्पन्न गर्न मैले पर्यटन मन्त्री रक्यानका प्रमुखसँग कुरा गरिसकेको छु, मेरो नेतृत्वमा आगामी वर्षसम्म यी सबै काम सम्पन्न हुने म प्रतिवद्धता गर्दछु’ श्रेष्ठले भने ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा पनि निमार्णाधिन अधुरो सिमरा रंगशाला सम्पन्न गर्नका लागि ध्यानाकर्षण गरेको बताए । उपत्यका बाहिर पोखरा, विराटनगरपछि सिमरामा पनि रात्रीकालिन खेल हुँदै आएकोले एन्फाले पनि यस्लाई गम्भीर ढंगले हेरेको श्रेष्ठले बताए ।

‘संघीय सरकारको तर्फबाट के, कसरी, कहाँ कहिले सहयोग गनुपर्ने हो २४ सै घन्टा तपाईको साथमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’ श्रेष्ठले भने । कार्यक्रममा बारा ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरी संविधानसभा सदस्य शोभाखर पराजुली, जीतपुरसिमरा उपमहानगर, कोहल्वी नगरपालिका, प्रमुख तथा जनप्रतिनिधिहरु, स्थानीय  प्रहरी प्रशासन प्रमुख र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप