सिमरा रंगशालाको अधुरो काम मेरो नेतृत्वमा सम्पन्न हुन्छ : पूर्व मन्त्री श्रेष्ठ
बारा । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले निमार्णाधिन सिमरा रंगशालाको अधुरो काम आफ्नै कार्यकालमा पुरा हुने बताएका छन् । बिहीबार साँझ १३ औँ जीतपुरसिमरा गोल्डकपको उद्घाटन समारोहमा श्रेष्ठले निमार्णाधिन अधुरो सिमरा रंगशालालाई सम्पन्न गर्ने आफूले अवसर पाएको बताए ।
‘सिमरा रंगशाला र यस आपसापको क्षेत्रका अधुरा सडक पूर्वाधारहरुलाई सम्पन्न गर्न मैले पर्यटन मन्त्री रक्यानका प्रमुखसँग कुरा गरिसकेको छु, मेरो नेतृत्वमा आगामी वर्षसम्म यी सबै काम सम्पन्न हुने म प्रतिवद्धता गर्दछु’ श्रेष्ठले भने ।
प्रधानमन्त्रीको शुभकामना सन्देशमा पनि निमार्णाधिन अधुरो सिमरा रंगशाला सम्पन्न गर्नका लागि ध्यानाकर्षण गरेको बताए । उपत्यका बाहिर पोखरा, विराटनगरपछि सिमरामा पनि रात्रीकालिन खेल हुँदै आएकोले एन्फाले पनि यस्लाई गम्भीर ढंगले हेरेको श्रेष्ठले बताए ।
‘संघीय सरकारको तर्फबाट के, कसरी, कहाँ कहिले सहयोग गनुपर्ने हो २४ सै घन्टा तपाईको साथमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’ श्रेष्ठले भने । कार्यक्रममा बारा ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरी संविधानसभा सदस्य शोभाखर पराजुली, जीतपुरसिमरा उपमहानगर, कोहल्वी नगरपालिका, प्रमुख तथा जनप्रतिनिधिहरु, स्थानीय प्रहरी प्रशासन प्रमुख र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
-
आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण