नवजोत सिंह सिद्धुकी श्रीमतीलाई क्यान्सर, जेलमा कैद श्रीमान्का लागि लेखिन् भावुक सन्देश

पन्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुकी पत्नी नवजोत कौर सिद्धुले आफूलाई दोस्रो स्टेजको क्यान्सर भएको बिहीबार बताएकी छन् ।
ट्विटरमा यो जानकारी दिँदै उनले हाल जेलमा रहेका नवजोत सिंह सिद्धुका लागि सन्देश पनि लेखेकी छिन् ।
नवजोत कौर सिद्धु लेख्छिन्, ‘उनी (नवजोत सिंह सिद्धु) आफूले नगरेको अपराधको लागि जेलमा छन् । यसमा संलग्न सबैलाई माफ गर्नुहोस् । बाहिर बसेर तपाईँलाई हरेक दिन पर्खनु धेरै पीडादायी छ । केहि भएको छ, मलाई थाहा छ यो खराब छ ।’
‘तिमीलाई पर्खिरहेछु, बारम्बार न्याय नपाएको देखेँ । तर, सत्य धेरै शक्तिशाली हुन्छ र तपाईँलाई कडा परीक्षा लिन्छ । कलियुग । माफ गर्नुहोस् तपाईँलाई पर्खन सक्दिनँ किनभने यो दोस्रो चरणको आक्रामक क्यान्सर हो । आज शल्यक्रिया हुनेछ । यो कसैको गल्ती होइन किनभने यो भगवानले गरेको निर्णय हो ।’
अमृतसरका पूर्व विधायक नवजोत सिंह सिद्धु सन् १९९८ को रोड रेज मुद्दामा एक वर्षको जेल सजाय भोगिरहेका छन् । उनी पटियाला सेन्ट्रल जेलमा छन् ।
उनलाई गत वर्ष मे २० मा जेल पठाइएको थियो । उनले पटियाला अदालतमा आत्मसमर्पण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी