बागमतीमा कांग्रेसले मुख्ममन्त्री जम्कट्टेललाई विश्वासको मत दिने
हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारलाई समर्थन दिने भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामाले प्रदेश सरकारलाई समर्थन दिँदै प्रदेशका मुख्यमन्त्री एवम् माओवादी केन्द्र शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने प्रतिवद्धता व्यक्त गरे ।
कांग्रेस सरकारलाई समर्थन गर्दै देश विकास र जनताको स्तर सुधारका लागि सरकारमा सहभागी हुने उनको भनाई छ ।
उनले केही समयअघि देशमा निर्माण भएको अस्वभाविक गठबन्धन ढलेको टिप्पणी गरे । नेता लामाले वर्तमान अवस्थामा बनेको सत्ता गठबन्धनले देशलाई स्थिरता तिर्फ अघि बढाउने धारणा व्यक्त गरे । देशभित्र मौलाएको भ्रष्टाचार र अराजकता राक्न वर्तमान सरकार सफल हुने उनले बताए ।
कुनै पनि विषय आफू अनुकूल हुँदा ठिक अनुकूल नहुँदा वेठिक भन्ने नहुने भन्दै संसदीय प्रक्रियामा रहेर संविधानले दिएको कार्यक्षेत्रको आधारमा सरकार र प्रतिपक्षको भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए । प्रदेश सरकारको नेतृत्वमा कुनै बाहिरि शक्तिले हस्तक्षेप नगरेको भन्दै एमालेलाई अर्थहिन आरोप नलगाउन चेतवनी समेत दिए ।
कांग्रेस देश र जनताको पक्षमा सदैव अडिग रहने पार्टी भएकाले कसैको लहैलहैमा लागेर नहिड्ने समेत उनले बताए । कांग्रेसले स्पष्ट धारणाका साथ विगतमा सरकारलाई विश्वासको मत दिएको भन्दै दोहोरो चरित्र नदेखाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण