शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा कांग्रेसले मुख्ममन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

शुक्रबार, १० चैत २०७९, १४ : २१
शुक्रबार, १० चैत २०७९

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारलाई समर्थन दिने भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामाले प्रदेश सरकारलाई समर्थन दिँदै प्रदेशका मुख्यमन्त्री एवम् माओवादी केन्द्र शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने प्रतिवद्धता व्यक्त गरे ।
कांग्रेस सरकारलाई समर्थन गर्दै देश विकास र जनताको स्तर सुधारका लागि सरकारमा सहभागी हुने उनको भनाई छ ।

उनले केही समयअघि देशमा निर्माण भएको अस्वभाविक गठबन्धन ढलेको टिप्पणी गरे । नेता लामाले वर्तमान अवस्थामा बनेको सत्ता गठबन्धनले देशलाई स्थिरता तिर्फ अघि बढाउने धारणा व्यक्त गरे । देशभित्र मौलाएको भ्रष्टाचार र अराजकता राक्न वर्तमान सरकार सफल हुने उनले बताए ।

कुनै पनि विषय आफू अनुकूल हुँदा ठिक अनुकूल नहुँदा वेठिक भन्ने नहुने भन्दै संसदीय प्रक्रियामा रहेर संविधानले दिएको कार्यक्षेत्रको आधारमा सरकार र प्रतिपक्षको भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए । प्रदेश सरकारको नेतृत्वमा कुनै बाहिरि शक्तिले हस्तक्षेप नगरेको भन्दै एमालेलाई अर्थहिन आरोप नलगाउन चेतवनी समेत दिए ।

कांग्रेस देश र जनताको पक्षमा सदैव अडिग रहने पार्टी भएकाले कसैको लहैलहैमा लागेर नहिड्ने समेत उनले बताए । कांग्रेसले स्पष्ट धारणाका साथ विगतमा सरकारलाई विश्वासको मत दिएको भन्दै दोहोरो चरित्र नदेखाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप