५१ प्रतिशत नेपालीको भान्सामा अझै पुगेन एलपी ग्यास
काठमाडौँ । नेपालका ५१ प्रतिशत नेपालीको भान्सामा अझै परम्परागत इन्धनको स्रोत प्रयोग हुने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको प्रतिवेदनअनुसार अझै ५१ प्रतिशत नेपालीले खाना पकाउन काठ–दाउरा र प्रयोग गर्ने गरेका हुन् ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा कूल ६६ लाख ६० हजार ८५१ घर परिवार छन् । यीमध्ये ५१ प्रतिशत अर्थात ३३ लाख ३० हजारभन्दा धेरै घरपरिवारको पहुँचमा एलपी ग्यासको पहुँच नपुगेको हो ।
यसैगरी, नेपालका ४४.३ प्रतिशत परिवारले खाना पकाउने एलपी ग्यास प्रयोग गर्ने गरेका छन् । बिजुलीबाटा खाना पकाउने परिवारको संख्या ०.५ प्रतिशत छ भने गुइँठाको प्रयोगबाट अझै २.९ प्रतिशत परिवारले खाना पकाइरहेका छन् ।
जनगणनाको रिर्पोटअनुसार बायोग्याँसबाट खाना पकाउने परिवारको संख्या ०.०५ प्रतिशत छ भने मट्टितेलको प्रयोग गरेर खाना पकाउने परिवारको संख्या ०.१ प्रतिशत देखिएको छ । २०६८ सालको जनगणनाअनुसार काठदाउराको प्रयोग गरेर खाना पकाउने परिवारको संख्या ६४ प्रतिशत थियो ।
पछिल्लो एक दशकमा काठ÷दाउराबाट खाना पकाउने परिवारको संख्या १४ प्रतिशतले घटेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण