शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

७ वटै प्रदेशमा उद्योग वाणिज्य महासंघको नेतृत्व चयन

शुक्रबार, १० चैत २०७९, १४ : ४०
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरू सर्वसम्मत निर्वाचित गरिएको छ । बिहीबारसम्म ७ वटै प्रदेशको नेतृत्व चयन हुँदा सबै प्रदेशमा अध्यक्ष सर्वसम्मतरुपमा चयन भएका छन् ।

महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा अध्यक्ष चयन भएका हुन् । सुरुमा कर्णाली प्रदेशमा पदमबहादुर शाही सर्वसम्मत रूपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए ।

यसैगरी बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूर पश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् । महासंघको मधेस प्रदेशमा पनि अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । यसैगरी गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट अमृत भट्टचन अध्यक्षमा निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मत भार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र वस्तुगतको २० प्रतिशत मत भार रहन्छ । जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठुलो भूमिका रहन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप