७ वटै प्रदेशमा उद्योग वाणिज्य महासंघको नेतृत्व चयन
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरू सर्वसम्मत निर्वाचित गरिएको छ । बिहीबारसम्म ७ वटै प्रदेशको नेतृत्व चयन हुँदा सबै प्रदेशमा अध्यक्ष सर्वसम्मतरुपमा चयन भएका छन् ।
महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा अध्यक्ष चयन भएका हुन् । सुरुमा कर्णाली प्रदेशमा पदमबहादुर शाही सर्वसम्मत रूपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए ।
यसैगरी बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूर पश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् । महासंघको मधेस प्रदेशमा पनि अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । यसैगरी गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट अमृत भट्टचन अध्यक्षमा निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मत भार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र वस्तुगतको २० प्रतिशत मत भार रहन्छ । जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठुलो भूमिका रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण