ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु भैँसीलाई बिन बजाएजस्तै हो

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन् ।
भैँसीको अगाडि बिन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो । शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरूले दिएको सुझावको मतलब नै नराख्ने जिकिर गरे ।
अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रूपमा भित्रने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसै गरी उनले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए । उनले भने, ‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दीमा एउटा भनाइ छ, भरसके आगे बिन बझाए, भैस रहे पगुराए भन्छ । भैसीको अगाडि बिन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलब राख्दैन । त्यस्तै हो । अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि ।’
ओलीले स्वदेशी बस्तुको उत्पादनमा बढवा दिनका लागि सरकारले नै स्वदेशी बस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त