कोटेश्वर क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सञ्जय बुढाथोकी
काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका सञ्जय बुढाथोकी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रवार नेपाल विद्यार्थी संघ सहित अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी) विप्लव सहितका क्याम्पसमा दर्ता भएका सबै विद्यार्थी संगठनबिच भएको सर्वपक्षीय सहमतिले नेविसंघका बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय स्ववियू कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा अखिल (क्रान्तिकारी) का सागर पराजुली, सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा, सहसचिवमा शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियूका शैलेन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा नेवि संघकी शारती ढकाल, आशिश कार्की, प्रदिप कार्की, सन्तोष घर्तिमगर, अनेरास्ववियूका सञ्जु भट्ट, प्रेमराज रेग्मी, राजेशकुमार गुप्ता, सुशील दाहाल, अखिल (क्रान्तिकारी) का अप्सरा बस्नेत, सरोज श्रेष्ठ, विनीता फुयाँल र अखिल (क्रान्तिकारी) विप्लवमा मिठु टमट्टा लगायत छन् । निर्वाचित कार्यसमितिका सदस्यहरूलाई कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की र प्रमुख निर्वाचन अधिकृत सुरेश पोखरेलले बधाई ज्ञापन गरेका थिए । नव निर्वाचित अध्यक्ष बुढाथोकीले कलेजको शिक्षाको गुणस्तर सुधार गर्न कलेज प्रशासनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण