शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकको २२८ औं शाखा चितवनको हाकिमचोकमा

शनिबार, ११ चैत २०७९, ०७ : २३
शनिबार, ११ चैत २०७९

चितवन । नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा चितवन जिल्लाको हाकिमचोकमा  स्थापना गरेको छ । शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा ताम्रपत्र अनावरण गरी शाखा समुद्घाटन गरेका हुन् ।  

उक्त समाहरोह नेपाल बैंक लिमिटेड हाकिम चोक शाखाका शाखा प्रबन्धक नीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमती प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र  चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुन नारायण श्रेष्ठ,उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेल, वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी  क्याम्पसका प्रमुख मणिराज महतो लगायत उपस्थित रहेको उद्घाटन समारोहमा जनप्रतिनिधि, व्यापारी-ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक, नेपाल बैैक लिमिटेडका निवर्तमान कर्मचारी तथा ज्येष्ठ नागरिकहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैङ्किङ सेवा दिने गरी नेपाल बैंक लिमिटेड आएकोले यसले चितवनवासीलाई आर्थिक रूपले समृद्ध बनाउने भूमिका खेल्ने धारणा राखे ।  नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीले विगतमा चितवन जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई चितवनवासीले स्मरण गरिरहेकोले आज सञ्चालनमा आएको हाकिमचोक शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारणा राखे । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरूबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका आर्थिक प्रडक्टहरू रहेका र सोलाई प्रयोग गरी बैंकसंग साझेदारी गर्न ग्राहकबर्गहरुमा अनुरोध गरेका थिए । 

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, चितवनमा रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमती प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने शाखामा कार्यरत कर्मचारीहरूले अतिथि सत्कारको व्यवस्थापन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप