कविता
मनको दर्द
शनिबार, ११ चैत २०७९, ०९ : २१
कति ओठले मनको दर्द
हाँसी दिएर सहनु पर्छ
कसैले माया गरी दिए पो
वेदना बोल्दै आँसु झर्छ
सबै भन्छन् दिलको बह
भने पछि हल्का हुन्छ
भन्न सकिन्न कति कुरा
मनले भन्छ मनैले सुन्छ
कति घटना नसम्झे भो
सम्झे हृदय साह्रै पोल्छ
बिर्सूँ भनी भुल्न खोजे
झन् झन् यादहरू बोल्छ
मोडहरू यहाँ धेरै हुन्छन्
कोही कतै मोडिन सक्छ
माया गर्दा गर्दै मान्छे
कुनै मोडमा छोडिन सक्छ
कुराले ठिक्क सबै पार्छन्
आफ्नो दुःख आफै सँग
देख्न नसकिने रहेछ माया
पैसा भनेपछि सबै दङ्ग
कति ओठले मनको दर्द
हाँसी दिएर सहनु पर्छ
कसैले माया गरी दिए पो
वेदना बोल्दै आँसु झर्छ ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण