प्रधानमन्त्रीले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलोमा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सो विषयको जानकारी दिएका हुन् ।
बैठकबारे जानकारी दिँदै पार्टी सचिव देवेन्द्र पौडेलले भने, ‘मन्त्रिपरिषद् विस्तार कुनै विषयमा अल्झेको होइन । गठबन्धनका शीर्ष नेताहरूले सबै पक्षहरूसँग अलग–अलग छलफल गरेर प्रस्ताव बनाउनु भन्नुभएको थियो । त्यही अनुसार आजसम्म सबै पक्षहरूसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छ ।’

पौडेलले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने बताए । ‘नमिल्ने कुरा केही छैन । होमवर्क नपुगेर मात्र हो,’ उनले भने ।
त्यस्तै पार्टीका सचिव लीलामणि पोखरेलले पनि आजको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चुनावदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्ने काम भएको बताए । प्रचण्डले गठबन्धनमा रहेका सबै दललाई विश्वासमा लिएर बढ्नुपर्नेमा जोड दिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण