बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्रीले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने

शनिबार, ११ चैत २०७९, १८ : ०३
शनिबार, ११ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलोमा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सो विषयको जानकारी दिएका हुन् ।

बैठकबारे जानकारी दिँदै पार्टी सचिव देवेन्द्र पौडेलले भने, ‘मन्त्रिपरिषद् विस्तार कुनै विषयमा अल्झेको होइन । गठबन्धनका शीर्ष नेताहरूले सबै पक्षहरूसँग अलग–अलग छलफल गरेर प्रस्ताव बनाउनु भन्नुभएको थियो । त्यही अनुसार आजसम्म सबै पक्षहरूसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको छ ।’ 

पौडेलले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने बताए । ‘नमिल्ने कुरा केही छैन । होमवर्क नपुगेर मात्र हो,’ उनले भने ।

त्यस्तै पार्टीका सचिव लीलामणि पोखरेलले पनि आजको बैठकमा अध्यक्ष प्रचण्डले  राष्ट्रपति र उपराष्ट्रपति चुनावदेखि अहिलेसम्मको राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्ने काम भएको बताए । प्रचण्डले गठबन्धनमा रहेका सबै दललाई विश्वासमा लिएर बढ्नुपर्नेमा जोड दिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप