घाटामा गयो कैलारी गाउँपालिका, १५ दिनका लागि भुक्तानी बन्द
धनगढी । कैलालीको कैलारी गाउँपालिकाको वित्तीय अवस्था ऋणात्मकमा गएको देखिएको छ । चालू आव २०७९-२०८० फागुन मसान्तसम्मको चालूतर्फको वित्तीय अवस्था ऋणात्मक अर्थात घाटामा गएको हो ।
वित्तीय अवस्था ऋणात्मक भएपछि गाउँपालिकाले भुक्तानीको कार्य रोक्का गरेको छ । गाउँपालिकाले जारी गरेको सूचना अनुसार गाउँपालिकाको आन्तरिक राजश्व तथा आम्दानी बजेट अनुसार फागुन मसान्तसम्म १ करोड १६ लाख ३४ हुनुपर्नेमा ६१ लाख ५५ हजार मात्रै रहेको उल्लेख छ । जसअनुसार फागुनसम्ममा गाउँपालिका ५४ लाख ७९ हजार घाटामा रहेको सूचनामा उल्लेख छ ।
त्यस्तै राजश्व बाँडफाँड (सङ्घ र प्रदेश)बाट फागुन मसान्तसम्म ८ करोड ७८ लाख ५४ हजार आम्दानी हुनुपर्नेमा ६ करोड २ लाख २ हजार ५९८ मात्रै आम्दानी भएको छ । जसअनुसार गाउँपालिका २ करोड ७६ लाख ५१ हजार ४०२ रुपैयाँ घाटामा रहेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले चालू खर्चतर्फ ऋणात्मक अवस्था आउन सक्ने सम्भावना रहेकोले १५ दिनको लागि भुक्तानी रोक्का गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण