इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा
काठमाडौँ । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको छ ।
आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरु गरेको बताए । उनले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए । उनले इन्जिनियरको रूपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गरेका छन् । उनले परीक्षा निरीक्षणपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिल लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको बताए । उनले इन्जिनियर बन्नको लागि निष्पक्षता,गुणस्तरीयताको ग्यारेन्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण