ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला हुने
ताप्लेजुङ । ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव हुने भएको छ । घरेलु उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले चैत २१ देखि २५ गतेसम्म मेला तथा महोत्सवको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ ।
“उद्यम गरी स्वरोजगार बनौँ, पर्यटन प्रवद्र्धनमा टेवा पुर्याऔँ”, भन्ने नारासहित आयोजना हुने मेलामा कोशी प्रदेशभरका व्यावसायिक कृषि तथा औद्योगिक उत्पादनको प्रदर्शनी तथा व्यापार, डोको क्यारी रन, डोको बुन्ने, फोटो प्रदर्शनी, कविता वाचनसहित बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।
सदरमुकाम फुङलिङमा आयोजना हुने महोत्सवको प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेला तथा महोत्सवले व्यावसायिक उत्पादनको बजारीकरण एवं पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
विभिन्न जातजातिको परम्परा, संस्कार संस्कृति, व्यावसायिक उत्पादनको प्रदर्शनीले सांस्कृतिक आदानप्रदान हुनुका साथै उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अध्यक्ष भारतीले बताए । परम्परा तथा पेशा व्यवसायको प्रत्येक्ष अवलोकन साथै फोटो प्रदर्शनसहितका गतिविधिले पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार हुने भारतीको भनाइ छ ।
यसअघि गत वर्षको जेठमा सदरमुकाम फुङलिङमा औद्योगिक मेला आयोजना भएको थियो । यो वर्ष आयोजना हुने मेला तथा महोत्सवको सह आयोजकमा फुङलिङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कोशी प्रदेश रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण