राप्रपाले बोलायो पदाधिकारी बैठक, उपनिर्वाचनबारे छलफल हुने
सोमबार, १३ चैत २०७९, ११ : ५७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठक आज दिउँसो १ बजे बस्नेछ ।
उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण